नियम ८४
कल्याणकारी कोषको सञ्चालन
(१) बोनस ऐन, २०३० को दफा १३ बमोजिम बोनस वितरण गरी बाँकी रहेको रकम व्यवस्थापनको लागि प्रत्येक प्रतिष्ठानले प्रतिष्ठान स्तरमा कल्याणकारी कोष स्थापना गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कल्याणकारी कोषमा बोनस ऐन, २०३० को दफा ५ बमोजिम बोनस वितरण गरी बाँकी रहेको मध्ये सत्तरी प्रतिशत रकम जम्मा हुनेछ।
(३) कोषको सञ्चालन र प्रयोग श्रम सम्बन्ध समितिको निर्णय बमोजिम हुनेछ।
(४) कोषमा भएको रकमको प्रयोग गर्दा प्रतिष्ठानका सबै प्रकारका श्रमिक वा निजका परिवारका सदस्यहरुको उपचार, शैक्षिक बिकास, खेलकुद तथा मनोरन्जन प्रयोजनका लागि तथा सबै श्रमिकको हित हुने अन्य कार्यका लागि खर्च गर्न सकिनेछ।
(५) कल्याणकारी कोषमा रकम बाँकी रहँदै प्रतिष्ठानमा कार्यरत सबै श्रमिक कटौतीमा परेमा वा प्रतिष्ठान लिक्विडेशनमा गएमा उक्त रकम लिक्विडेशन प्रक्रिया प्रारम्भ हुनुभन्दा एक वर्ष अघिसम्म प्रतिष्ठानमा कार्यरत सबै श्रमिकलाई दामासाहीले वितरण गर्नु पर्नेछ।